२०० मत गणना हुँदा चन्द्रागिरि १४ नयाँ नैकापमा नेपाली काँग्रेसको अग्रता

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

चन्द्रागिरि नगरका वडा नं. १ देखी ११ सम्मको मतगणना सकिएको छ । चन्द्रागिरि १२, १३, १४ को मत गणना जारी रहँदा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। ३१३९ मत खसेको चन्द्रागिरि १४ मा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

चन्द्रागिरि १४ नयाँ नैकापको वडाध्यक्षमा रूख चुनाव चिन्हका उम्मेदवारले ९५ मत पाएका छन् भने सूर्य चुनाव चिन्हका उम्मेदवारले ५८ मत पाएका छन् ।

मेयरतर्फ रूख चिन्हमा ९१ मत पर्दा सूर्य चिन्हमा ६३ मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *