चन्द्रागिरि १४ नयाँ नैकापको मतगणना जारी, काँग्रेसको झिनो अग्रता

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

हाल चन्द्रागिरि १२, १३, १४ को मत गणना जारी रहँदा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। ३१३९ मत खसेको चन्द्रागिरि १४ मा ५०० मत गणना भइसक्दा नेपाली काँग्रेसले अग्रता कायमै राखेको ।

चन्द्रागिरि १४ नयाँ नैकापको वडाध्यक्षमा रूख चुनाव चिन्हका उम्मेदवारले २३९ मत पाएका छन् भने सूर्य चुनाव चिन्हका उम्मेदवारले २०२ मत पाएका छन् । रूख चिन्हमा सदस्य पदका सबै ४ उम्मेदवारले २०० मत कटाउँदा सूर्य चिन्हका उम्मेदवारले १०० मत कटाएका छन् । ।

मेयरतर्फ रूख चिन्हमा २२६ मत पर्दा सूर्य चिन्हमा २०२ मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *