चन्द्रागिरि १४ को ८०० मत गणना भइसक्दा सबै पदमा सूर्य चिन्हको अग्रता

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

हाल चन्द्रागिरि १२, १३, १४ को मत गणना जारी रहँदा  नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। ३१३९ मत खसेको चन्द्रागिरि १४ मा ८०० मत गणना भइसक्दा  नेकपा एमालेले अग्रता लिएको हो ।

चन्द्रागिरि १४ नयाँ नैकापको वडाध्यक्षमा रूख चुनाव चिन्हका उम्मेदवारले ३०४ मत पाएका छन् भने सूर्य चुनाव चिन्हका उम्मेदवारले ३७४ मत पाएका छन् ।

मेयरतर्फ रूख चिन्हमा २९४ मत पर्दा सूर्य चिन्हमा ३८० मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *