चन्द्रागिरि १४ मा १५०० मत गणना हुँदा सूर्य चिन्हमा बढी मत

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

हाल चन्द्रागिरि १२, १३, १४ को मत गणना जारी रहँदा नेपाली काँग्रेसले सबै पदमा अग्रता लिएको छ । ३१३९ मत खसेको चन्द्रागिरि १४ मा १५०० मत गणना भइसक्दा  नेकपा एमालेले अग्रता जारी राखेको छ ।

चन्द्रागिरि १४ नयाँ नैकापको वडाध्यक्षमा रूख चुनाव चिन्हका उम्मेदवारले ६३६ मत पाएका छन् भने सूर्य चुनाव चिन्हका उम्मेदवारले  ६८१ मत पाएका छन् ।

मेयरतर्फ रूख चिन्हमा ६०७ मत पर्दा सूर्य चिन्हमा ६९५ मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *