चन्द्रागिरि १४ मा नेकपा एमालेको अग्रता कायमै, ३३९ मत गणना हुन बाँकी

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

हाल चन्द्रागिरि १४ र १५ को मत गणना जारी छ । ३१३९ मत खसेको चन्द्रागिरि १४ मा २८०० मत गणना भइसक्दा  नेकपा एमालेले अग्रता जारी राखेको छ ।

चन्द्रागिरि १४ नयाँ नैकापको वडाध्यक्षमा रूख चुनाव चिन्हका उम्मेदवारले ११६८ मत पाएका छन् भने सूर्य चुनाव चिन्हका उम्मेदवारले  १२६० मत पाएका छन् ।

मेयरतर्फ रूख चिन्हमा १०५४ मत पर्दा सूर्य चिन्हमा १३३० मत परेको छ ।

आज चन्द्रागिरि नगरपालिकाको मेयर छिनोफानो हुने दिन, अग्रता काँग्रेसकै


Leave a Reply

Your email address will not be published. Required fields are marked *