चन्द्रागिरि नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका घनश्याम गिरी पुनः निर्वाचित

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका घनश्याम गिरी पुनः निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न अन्तिम मतगणना विवरण अनुसार गिरीले नेकपा एमालेका मेयर पदका उम्मेदवार उत्तम बहादुर राउतलाई पछि पार्दै पुनः नगरप्रमुख पदमा जित हात पारेका हुन् । गत स्थानीय तह निर्वाचनमा गिरीले नेकपा एमालेकै प्रल्हाद बहादुर कार्कीलाई पराजित गरेका थिए । गिरीले यसपटक १५४७५ मत पाउँदा राउतले १४६५१ मत प्राप्त गरे ।

नगर उपप्रमुखमा नेकपा एमालेकी वसन्ती श्रेष्ठ निर्वाचित भएकी छिन् । श्रेष्ठले राष्ट्रिय जनमोर्चाका रोशन दानीलाई पछि पारिन् । चन्द्रागिरि नगरमा गठबन्धन घटक राजमोले उपमयेरमा टिकट पाएको थियो ।

चन्द्रागिरि नगरमा घनश्याम गिरीले १३ हजार ३ सय भोट ल्याउँदा कुन दलले कति पाएका थिए ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *