चन्द्रागिरि नगरपालिकाको उपमेयरमा नेकपा एमालेकी वसन्ती श्रेष्ठ निर्वाचित

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाको उपमेयरमा नेकपा एमालेकी वसन्ती श्रेष्ठ निर्वाचित भएकी छिन् ।

बिहीबार सम्पन्न अन्तिम मतगणना विवरण अनुसार श्रेष्ठले गठबन्धनको भागमा परेको उपमेयर पदका उम्मेदवार राष्ट्रिय जनमोर्चा पार्टीका रोशन दानीलाई पछि पार्दै नगर उपप्रमुख पदमा जित हात पारेकी हुन् । गत स्थानीय तह निर्वाचनमा उपमेयर मा नेकपा एमालेकै लिशा नकर्मी विजयी हुँदा नेपाली काँग्रेसकी इन्द्रावती श्रेष्ठ निकटतम प्रतिद्वन्दी थिइन् । श्रेष्ठले १५५६४ मत पाउँदा दानीले ४४५९ मत पाए ।

नगर प्रमुखमा नेपाली काँग्रेसका घनश्याम गिरी पुनः निर्वाचित भएका छन् । नेकपा एमालेका मेयरपदका उम्मेदवार उत्तम बहादुर राउत गिरी भन्दा पछि परे ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *