चन्द्रागिरिका ९ वडामा काँग्रेस, ४ वडामा एमाले र २ वडामा माओवादी केन्द्र विजयी

Thankot Times

थानकोट ।

बिहीबार सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम अनुसार चन्द्रागिरि नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका घनश्याम गिरी विजयी भएका छन् । उपमेयरमा नेकपा एमालेकी वसन्ती श्रेष्ठले जित हासिल गरेकी छिन् ।

चन्द्रागिरि नगरका १५ वटा वडा मध्ये ९ वटा वडामा नेपाली काँग्रेसले वडाध्यक्ष पदमा विजय हात पारेको छ । गत स्थानीय तह निर्वाचनमा उसले ५ वडामा जित हासिल गरेको थियो । त्यस्तै नेकपा एमालेले ४ वटा वडामा विजय  हात पारेको छ । गत स्थानीय तह निर्वाचनमा उसले ९ वटा वडामा जित हासिल गरेको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रले चन्द्रागिरिका २ वटा वडामा  जित हात पारेको छ । उसले गत स्थानीय तह निर्वाचनमा एउटा वडामा जित हासिल गरेको थियो ।

चन्द्रागिरिका वडा नं. १, ९, १२, १४ र १५ मा फरक फरक दलका उम्मेदवारहरू विजयी भएका छन् भने बाँकी वडामा एकल प्यानल निर्वाचित भएको छ । त्यस्तै चन्द्रागिरि ५ र ८ मा गठबन्धनका दलहरू प्यानल सहित निर्वाचित भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *