चन्द्रागिरिका ईट्टा उद्योगहरूले ३५ दिनभित्र प्रविधि परिमार्जनका लागि प्रतिबद्धता व्यक्त गर्नुपर्ने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालनमा रहेका ईट्टा उद्योगहरूका लागि ३५ दिने सूचना जारी गरेको छ । नगरपालिकाले नगरको ईट्टा भट्टा सञ्चालन कार्यविधि-२०७९ अनुरूप उद्योगलाई परिमार्जन गर्नका लागि प्रतिबद्धता जनाउन ३५ दिने सूचना जारी गरेको हो ।

शुक्रबार एक सूचना जारी गर्दै नगरपालिकाले नगर कार्यपालिकाको गत भदाै २८ बसेको बैठकको निर्णायानुसार नगरपालिका क्षेत्रमा वातावरणामैत्री ईट्टा उद्योग सञ्चालन कार्यविधि, २०७९ बमोजिम चन्द्रागिरि नगरपालिका क्षेत्र भित्र रहेका परम्परागत प्रविधिमा आधारित रहेका ईट्टा उद्योगहरूलाई उक्त कार्यविधिमा भएको मापदण्ड बमोजिम ईट्टाभट्टा संचालन गर्न ३५ दिनको सूचना जारी गर्ने र तोकिएको समयभित्र मापदण्ड बमोजिम ईट्टा उद्योग संचालन गर्न प्रतिबद्धता व्यक्त नगर्ने ईट्टा उद्योगलाई नगरपालिकाले आवश्यक कारबाही प्रकिया अगाडी बढाउने व्यहोरा जानकारी गराएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *