चुनावमा दूरसञ्चार सेवा चुस्त राख्न निर्देशन

Thankot Times

थानकोट ।

 नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीहरुलाई चुनावका दिनमा दूरसञ्चार सेवालाई थप प्रभावकारी राख्न निर्देशन दिएको छ ।

शुुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले ४ मंसिरको निर्वाचनलाई मध्यनजर गरी अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवालाई थप प्रभावकारीताका साथ सञ्चालन गर्न र प्राविधिक कारणबाट सेवा प्रवाहमा अवरोध सिर्जना हुन नदिन निर्देशन दिएको हो ।

तत्काल मर्मत सम्भार गर्नुपर्ने अवस्था आइपरेमा तुरुन्तै टोली खटाउन सकिने गरी व्यवस्थापन मिलाउन प्राधिकरणले भनेको छ ।

निर्वाचन आयोगबाट जारी भएको आचारसंहिता विपरीत दूरसञ्चार सेवाको पूर्वाधार प्रयोग गर्न/गराउन रोक्न समेत प्राधिकरणले निर्देशन दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *