विष्णुदेवीमा सात गाउँले जात्राको राैनक (फोटो फिचर)

Thankot Times

थानकोट ।

हरेक वर्ष मार्ग शुक्ल दशमीका दिन मनाइने प्रसिद्ध सात गाउँले जात्रा आज चन्द्रागिरि नगरपालिका १५ विष्णुदेवी मन्दिर क्षेत्र बिहानैदेखी धुमधामका साथ मनाउने क्रम जारी छ । जात्रा अवलोकनका लागि हजाराैंको संख्यामा महिला तथा पुरूषहरू बल्खु नदी किनारमा भेला भएका छन् ।

पछिल्ला दुई वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सीमित व्यक्तिहरू जात्रामा सहभागी भएकामा यो वर्ष उल्लेखनीय सहभागिता रहेको वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुँइटेलले जानकारी दिनुभयो ।

काठमाण्डाैका कीर्तिपुर, पाँगा, सतुंगल, मच्छेगाउँ, बोसीगाउँ, नगाँ र ल्वंकोटसमेत सात गाउँको समष्टि जात्रालाई सात गाउँले जात्रा वा बखुँमद जात्रा भनेर चिनिन्छ । अचेल यस जात्रामा नैकाप पनि थपिएको छ ।

सहज रूपमा जात्रा सञ्चालनका लागि चन्द्रागिरि नगरपालिकाले आवश्यक व्यवस्थापन मिलाएको जानकारी दिएको छ । नगरप्रमुख घनश्याम गिरी लगायत विभिन्न वडाका वडाध्यक्षहरू जात्रामा सहभागिता जनाउन विष्णुदेवी मन्दिर क्षेत्रमा पुगेका छन् ।

इन्द्रायणी रथ यात्रा सुरू भएसँगै सात गाउँले रथ जात्रा सुुरु, यस्तो छ सात गाउँले जात्राको किंवदन्ती

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *