भृकुटीमण्डपमा माघ २४ देखि २९ गतेसम्म क्यान इन्फोटेक मेला हुँदै

Thankot Times

थानकोट । 

काठमाडाैंको भृकुटीमण्डपमा २८ औं संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिकाे प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति बनाउन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा माघ २४ देखि २९ सम्म मेला हुन लागेकाे हो । 

२८ औं क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र एसोसिएट स्पोन्सरमा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) रहेका छन् । प्रायोजक कम्पनीका आधारमा यो सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एससीटी’ रहेको छ ।

त्यस्तै क्यान इन्फोटेक २०२३ को प्लाटिनम स्पोन्सरमा डिशहोम फाइबरनेट, स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी र ह्वावे रहेका छन् । त्यस्तै सिल्भर स्पोन्सरहरूमा एसपावर, डिजिकम र अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी) रहेका छन् ।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा पे वेल, इन्स्याेरेन्स पार्टनरमा आईएमई जेनेरल इन्स्योरेन्स, नलेज पार्टनरमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा इन्टरनेसनल स्कुल फर स्किल्स, फुड एन्ड बेभरेज पार्टनरमा यार्केट बार एन्ड इभेन्टस्, पावर्ड बाई आईएमई पे र एसएमएस पार्टनरमा स्प्यारो एसएमएस रहेका छन् ।

मेलालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसुलगायतका संस्थाले सहयोग गरेका छन् । 

त्यस्तै अन्तर्राष्ट्रिय रूपमा असोसियो र वल्र्ड इन्फर्मेसन टेक्नोलोजी एण्ड सर्भिस एलायन्सको पनि सहयोग रहेको छ । योपटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर पे वेलमार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ । यस अन्तर्गत सर्वसाधारणका लागि एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ ।

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहनेछ ।

प्रदशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने आयोजकले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *