नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने समस्या

Thankot Times

थानकोट ।

नेपाल टेलिकमको नेटवर्कमा फेरि पनि समस्या आउँदा बुधबार बिहानैबाट फोन सम्पर्कमा कठिनाइ भएको छ ।

नेपाल टेलिकमका प्राविधिकहरुले समस्या समाधानको प्रयास जारी राखेका छन् ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भीओएलटीई  सेवामा समस्या देखिएको बताए । ‘टुजी, थ्रीजी, फोरजीमा समस्या छैन तर भीओएलटीईको कोरमा केही समस्या देखिंदा फोन नलाग्ने समस्या देखिएको छ, हामी समाधानको प्रयास गरिरहेका छौं,’ अधिकारीले भने ।

मोबाइलमा भीओएलटीई चलाइरहेकाहरुकोमा मात्र यसबाट प्रभावित भएको अधिकारीको भनाइ छ । बिहानैदेखि मोबाइल नम्बरमा सम्पर्क नहुने समस्या देखिएको गुनासो सेवाग्राहीहरुले गरेका छन् ।

विश्व दूरसञ्चार दिवसको अवसर पारेर नेपाल टेलिकमले २०७८ जेठदेखि फोरजीमा आधारित भ्वाइस ओभर (भीओ) एलटिई सेवाको परीक्षण सुरु गरेको थियो । यो सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइससहित ग्राहकहरुले सेवामा गुणस्तर थपिएको महसुस गर्न सक्ने नेपाल टेलिकमको दाबी थियो ।

तर नेपाल टेलिकमको सेवामा पटक-पटक समस्या आउने गरेको छ । यसबाट लाखौं सेवाग्राही मर्कामा परेका छन् । टेलिकमको नेतृत्वले समस्याको दीर्घकालीन समाधानमा चासो नदिएको आरोपसमेत लाग्ने गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *