चट्याङ लाग्दा मातातीर्थमा एक जनाको ज्यान गयो
थानकोट ।
चट्याङ लागेर चन्द्रागिरि नगरपालिकामा एक जनाको ज्यान गएको छ ।
चट्याङ लागेर सख्त घाइते भएका मकवानपुरका अन्दाजी २३ वर्षीय राजु तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।
चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थमा निर्माणाधीन घरमा काम गरिरहेका तामाङलाई बुधबार दिउँसो चट्याङ लाग्दा उनी सख्त घाइते भएका थिए ।
घाइते तामाङको तत्कालै उद्दार गरी अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।













