करूणामय प्रतिमूर्तिको विवादः कीर्तिपुरमा शनिबार हस्ताक्षर संकलन हुँदै
थानकोट ।
रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापनापछि उत्पन्न विवाद समाधान उन्मुख नभएपछि स्थानीयहरूले समस्या समाधानका लागि दबाब दिन थालेका छन्।
जसअन्तर्गत शनिबार गछें पासा पुचःको संयोजनमा कीर्तिपुर प्यंगठा (गछें) स्थित करूणामय प्रतिमूर्ति हटाई कीर्तिपुरभित्रै व्यवस्थापन गर्ने कार्य तथा फूल चढाउन जाने सदियाैं पुरानो परम्परा जगेर्नाका लागि हस्ताक्षर अभियान हुन लागेको छ ।
सो अभियान बिहान ७ बजेबाट सुरू हुने स्थानीय अगुवा समेत रहनुभएका स्थानीय पत्रकार वीरेन्द्र शाक्यले जानकारी दिनुभयो ।












