काठमाडाैंमा जुवातासमा रमाइरहेका आठजना पक्राउ
थानकोट ।
काठमाडाैंमा जुवातासमा रमाइरहेका आठजना पक्राउ परेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका–९, मानटार भगवतीमार्गमा जुवातास खेलिरहेको अवस्थामा उनीहरू समातिएका हुन् ।
स्थानीय सुदर्शन पुडासैनीको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ६० वर्षीय राजेश खनालसमेत गरी आठजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले उनीहरूलाई नगद ८१ हजार ३६० रूपैयाँ र आठ बुक ताससहित पक्राउ गरेको हो ।











