भुटानी शरणार्थी नेता ‍टेकनाथ रिजाल पक्राउ

Thankot Times

थानकोट ।

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नताका सन्दर्भमा उनी माथि छानबिन हुने बताइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले रिजाललाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको जानकारी दिए।

नक्कली शरणार्थी प्रकरणमा रिजालको भूमिका के हो भन्ने प्रहरीले खुलाएको छैन्। स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी बनाउने गिरोहसँग  रिजालको आर्थिक लेनदेन देखिन्छ। पछिल्लो समय रिजाल झापामा बस्थे।

‘उनीसँग पनि गिरोहका मानिसको आर्थिक लेनदेन देखिएपछि सोधपुछका लागि बोलाएका थियौं,’ प्रहरी स्रोतले भन्यो,‘उनी आफैं प्रहरी कार्यालयमा पुगेपछि पक्राउ गरेका हौं।’

रिजालले लामो समयसम्म भुटानी शरणार्थीको नेताका रूपमा काम गरेका थिए।

आजै यो प्रकरणमा प्रहरीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको थियो। पक्राउ परेका नेकपा (एमाले) सांसद टोपबहादुर रायमाझीसँग मियाँको निकट सम्बन्ध थियो। त्यही सम्बन्धका आधारमा मियाँ २०७५ पुसमा हज समितिको अध्यक्षमा नियुक्त भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *