सुरेन्द्र मानन्धर नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित
थानकोट ।
नेकपा (एमाले)ले केन्द्रीय कमिटीमा १३ जनालाई मनोनीत गरेको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले अन्य पार्टी छाडेर एमाले प्रवेश गरेकाहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
केन्द्रीय सदस्यमा मनोनीत गरिएकाहरूमा (एकीकृत समाजवादी) छाडेर पार्टी प्रवेश गरेका नेता मुकुन्द न्यौपाने, चुडामणि जंगली, प्रेम बहादुर सिंह, भागवत विश्वासी, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, एकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धर छन् ।
मानन्धर नेकपा एमालेका तर्फबाट अघिल्लोपटक काठमाडाैं क्षेत्र नं. १० मा उम्मेदवार बनेका थिए ।
मानन्धरबाहेक नेताहरु अन्य दलबाट एमालेमा आएका हुन् ।












