६ सय ३६ रूपैयाँमा असीमित कल

Thankot Times

थानकोट ।

नेपाल टेलिकमले ६३६ रुपैयाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न सक्ने सुविधा ल्याएको छ ।

‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ नाम दिइएको उक्त प्याकेजको खरिदमा प्रयोगकर्ताले त्यससँगै अन्य नेटवर्कमा एक सय मिनेट कल र कम्पनीकै नेटवर्कभित्र १५० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराएको छ ।

त्यसै गरी यो योजना अन्तर्गत यसअघि प्रत्येक दिन ३०० एमबी डेटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुस्ट नौ जिबी डेटा उपलब्ध हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *