रास्वपाको नगर भेला जेठ ३० गतेसम्मका लागि स्थगित
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीको नगर भेला जेठ ३० गतेसम्मका लागि स्थगित हुने भएको छ।
सो पार्टीको पहिलो वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमहरुको आवश्यक तयारी र पार्टीको प्रस्तावित दस्तावेजहरुमाथि छलफल र गतिविधिमा केन्द्रीय समितिका सदस्य र सांसदहरु अनिवार्य सहभागि हुनुपर्ने भएकोले जेष्ठ २२ देखि ३० गते भित्र र असार ५ देखि ७ गतेका लागि तयारी भएका नगर र महानगर भेलाहरु स्थगित गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनभयो । यद्यपी सो पार्टीको वडा र गाउँपालिका भेला भने नरोकिने जनाइएको छ।
साथै पार्टीले सो अविधिभर केन्द्रीय समिति र सांसदहरुलाई कुनै पनि कार्यक्रमहरुमा आमन्त्रण नगरिदिन समेत निर्देशनानुसार अनुरोध गरेको सहमहामन्त्री बुर्लाकोटीले बताउनुभयो ।
रास्वापाले असार १ देखी ७ गतेसम्म देशभर विभिन्न गतिविधि गरी पहिलो वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ।












