एसियन कप छनोट: नेपाल र म्यान्मार भिड्दै

Thankot Times

थानकोट ।

एएफसी यू-२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मार पुगेका नेपाली टोलीले आज (मंगलवार) साँझ घरेलु टोली म्यान्मारसँग प्रतिस्पर्धा गर्दैछ । 

नेपाल र म्यान्मारबीचको खेल नेपाली समयअनुसार साँझ ५:४५ बजे शुरू हुनेछ ।

नेपाल छनोटको समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा चीन, म्यान्मार र चाइनिज ताइपेइ छन् ।

नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६-० गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *