अत्यावश्यक सेवामा हडताल निषेध गर्ने मन्त्रिपरिषद्को निर्णय, राजपत्रमा सूचना प्रकाशित हुने

Thankot Times

थानकोट ।

नेपाल सरकारले अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा आवश्यक सेवा संचालन नियमावली २०१४ को दफा ३ को उपदफा १ बमोजिम अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको हो ।

“आवश्यक सेवामा हडताल निषेधको आदेश जारी गर्ने निर्णय भएको छ,” सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, “कहाँ-कहाँ हडताल निषेध गर्ने भनेर नेपाल राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *