अध्यक्ष लिङ्देनको उपस्थितिमा राप्रपा काठमाडाैं क्षेत्र नं. १० को विस्तारित बैठक

Thankot Times

थानकोट। 

राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडाैं क्षेत्र नं. १० को विस्तारित बैठक शनिबार सम्पन्न भएको छ । 

दक्षिणकालीस्थित एक रिसोर्टमा सम्पन्न सो पार्टीको विस्तारित बैठकमा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको उपस्थिति रहेको थियो । 

सो क्रममा राप्रपाका बागमती प्रदेश सांसद् उद्धव थापा, राप्रपा काठमाडाैं क्षेत्र नं १० का क्षेत्रीय अध्यक्ष राजेन्द्र चापागाईं नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको बताइएको छ। 

बैठकले काठमाडाैं क्षेत्र नं १० मा बलराम थापाको संयोजकत्वमा १३ सदस्यीय संगठन विस्तार समिति गठन गरेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *