असार १४ गते रास्वपा चन्द्रागिरि नगर कमिटि गठन हुँदै

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले असार १४ गते चन्द्रागिरि नगर कमिटि घोषणा गर्ने भएको छ । 

सो पार्टीका काठमाडाैं जिल्ला संयोजक प्रदिप विष्टले दिएको जानकारी अनुसार काठमाडाैं क्षेत्र नं. ९ र १० को संयुक्त क्षेत्रीय निर्वाचन समितिको संयोजनमा हुने सो कार्यक्रम सतुगंलस्थित एक पार्टी प्यालेसमा हुनेछ ।

सो कार्यक्रम बिहान ७ बजेबाट सुरू हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *