एकीकृत खानेपानी ऐनको विरोधमा चन्द्रागिरिमा र्याली, नगरप्रमुखलाई बुझाइएको विरोधपत्रमा के छ ?

Thankot Times

थानकोट।

एकीकृत खानेपानी ऐनको विरोधमा चन्द्रागिरि नगरमा विरोध र्याली निक्लिएको छ ।

बिहीबार नगरका विभिन्न खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरूबाट निक्लिएको हजाराैं उपभोक्ताहरू सम्मलित सो र्याली नगरपालिकाको कार्यालय पुगी नगरप्रमुख समक्ष विरोधपत्र बुझाउँदै सकिएको छ ।

चन्द्रागिरि नगरस्तरीय खानेपानी उपभोक्ता समन्वय समितिको संयोजनमा निक्लिएको सो र्यालीमा सहभागीहरूले खानेपानी समितिहरूको अस्तित्व जोगाउनुपर्ने, खानेपानीमा राजनीति मिसाउन नहुने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । स्वतस्फुर्त रूपमा निक्लिएको सो र्यालीमा सहभागीहरूले कालोपट्टी लगाएका थिए ।

विरोध र्यालीपछि सो समितिका अगुवाहरूले नगरप्रमुख घनश्याम गिरीसमक्ष विरोध पत्र बुझाएका छन् ।

विरोध पत्र बुझ्दै नगरप्रमुख गिरीले सञ्चारकर्मीहरूसँग चन्द्रागिरि नगरस्तरीय खानेपानी उपभोक्ता समन्वय समितिबाट प्राप्त सुझाव वडा तथा नगरका बैठकमा जानकारी गराउने प्रतिक्रिया जनाउनुभयो ।

सो ऐनमा खानेपानी उपभोक्ता समितिको चल अचल सम्पत्ति नगरपालिकाको हुने, उपभोक्ता समिति ऐन प्रारम्भ भएलगत्तै निस्कृय हुने, वर्षाैदेखी क्रियाशील उपभोक्ता समितिको अस्तित्व मेटिएको लगायतका बुँदामा उपभोक्ता समिति सबद्ध पक्षले असन्तुष्टी जनाउँदै सो ऐन खारेजीको माग राखेका छन् ।

यस्तो छ चन्द्रागिरि नगरस्तरीय खानेपानी उपभोक्ता समन्वय समितिले बिहीबार नगरप्रमुख घनश्याम गिरी समक्ष बुझाएको विरोध पत्रको पूर्णपाठः


Leave a Reply

Your email address will not be published. Required fields are marked *