बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टिमको घोषणा

Thankot Times

थानकोट ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले शुक्रबार बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । थापाले यसअघि बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट सात खेलाडीलाई बाहिर राख्दै नेपाली टिमको घोषणा गरेका हुन् ।

टिममा मिडफिल्डर प्रीति राईले पुनगरामगन गरेकी छन् । चोटका कारण प्रीति पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर थिइन् । नेपालले बंगलादेशसँग असार २८ गते र ३१ गते बंगलादेशमै दुई मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ ।

एसियाली खेलकुदको तयारीस्वरूप यो प्रतियोगिता हुन लागेको हो ।

नेपाली टिम

एन्जिला तुम्बापो सुब्बा (गोलकिपर), अन्जना रानामगर (गोलकिपर), उषा नाथ (गोलकिपर), सावित्रा भण्डारी, सुरु लिम्बु, समीक्षा घिमिरे, गीता रानामगर, हिराकुमारी भुजेल, निशा थोकर, प्रीति राई, पुजा राना, रश्मी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता रानामगर, अमिषा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, विमला बिक, विमला चौधरी, दीपा शाही र अञ्जली वाइबा ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *