मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टोली आज बंगलादेशसँग खेल्दै

Thankot Times

थानकोट ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ ।
खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा साँझ पौने ६ बजे हुनेछ ।

नेपाल र बंगलादेश गत भदौमा भएको साफ च्याम्पियनसिपपछि पहिलो पटक भिड्न लागेका हुन् ।

साफको फाइनलमा नेपाली टोली बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *