नेपालमा ‘पार्ट टाइम’ काम गर्न पाउने व्यवस्था गर्न रास्वपा सांसद् सोविता गौतमको माग

Thankot Times

थानकोट ।

नेपालमा पार्ट टाइम काम गर्न पाउने व्यवस्था मिलाउन राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सरकारसँग माग गरेकी छिन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले छिमेकी देशहरुसँग मागेर मात्र देश समृद्ध नहुने बताउँदै नेपालको दिगो विकासका लागि स्वदेशभित्र भएका संभावनाहरुको खोजी सुरु गर्नुपर्ने बताइन् ।

उनले भनिन्–‘नेपालको अर्थतन्त्र चलायमान बनाउनुपर्छ । नेपालमा आन्तरिक श्रमबजारहरुको खोजी गरिनुपर्छ । नेपालमा पार्ट टाइम जब सिष्टमको सुरुवाता गरिनुपर्छ । अर्थतन्त्रलाई कर र सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक छ । पार्ट टाइम कामदारलाई घण्टा अथवा दिएको कामको आधारमा बैंकिङ च्यानलमार्फत भुक्तानीको विकास गरिनुपर्छ । यसो गर्दा युवाहरुमा श्रम संस्कृतिको विकास भई युवाहरु आर्थिक हिसाबले आत्मनिर्भर हुन सक्छन् ।’

यसबारे सरकारले के तयारी गर्दैछ भनेर उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसँग जवाफ मागेकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *