फिफा इन्टरनेशनल फ्रेन्ड्ली म्याचः टाइब्रकेरमा नेपालले बंगलादेशलाई ४-२ गोलले हरायो
थानकोट ।
दोश्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टोलीले बंगलादेशलाई टाइब्रेकरमा ४-२ गोलले हराएको छ ।
जितसँगै नेपालले २ खेलको शृङ्खला आफ्नो पक्षमा पारेको छ ।
ढाकाको कमलपुरस्थित विरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त समय नखेलाई सिधै हारजितको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दीपा शाही, अनिता केसीको प्रहारले विपक्षीको जाली चुमेको थियो । अञ्जना रानामगरको प्रहार भने बारमा लागेर बाहिरिएको थियो ।
बंगलादेशकी साम्सुनार र मोनिका चक्माले गोल गरेकी थिइन् । तर, मारिया मण्डा र सेइली अजिमको प्रहारलाई भने नेपालकी गोलरक्षक अञ्जना रानामगरले बचाएकी थिइन् ।
गत शुक्रबार खेलिएको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।













