एमाले प्रचार विभागमा ११ जना मनोनीत, काँग्रेस प्रचार विभागमा ३ जना थपिए
थानकोट।
नेकपा एमालेले पार्टीको प्रचार तथा प्रकाशन विभाग विस्तार गरेको छ। विभागका सचिव गगन विष्टले थप ११ जनालाई विभागको सदस्यमा मनोनीत गरिएको जानकारी दिए।
उनका अनुसार काठमाडौंका महेन्द्र विष्ट, बाँकेका अछरी पोखरेल, सुर्खेतका सूर्यमणि गौतम, कैलालीका हेमन्त पौडेल, सुनसरीका लीलाराज भट्टराई, पर्साका लालबाबु शेख, लमजुङका गणेश पाण्डे, रुपन्देहीका दीपक ज्ञवाली र शेरबहादुर केसी, कास्कीका रामकृष्ण ज्ञवाली र भोजपुरका राजेश राईलाई विभागमा मनोनयन गरिएको छ।
आइतबार मनोनीत भएकाहरुसहित अब प्रचार विभाग १९ सदस्यीय बनेको छ।
यसैगरी नेपाली काँग्रेसले पनि सूचना, सञ्चार तथा प्रचार विभागमा ३ जना सदस्य थप गरेको छ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको विभागमा आइतबार ३ जना सदस्य थप गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
लमजुङका सन्तोष न्यौपाने, कञ्चनपुरका अशोक शर्मा र रौतहटका सुमन गौतम प्रचार विभाग सदस्य भएका हुन्।
सभापति देउवाले गत जेठ १२ गते विश्वकर्मालाई प्रचार विभाग प्रमुख बनाएका थिए।
यसअघि गत जेठ ३० गते प्रचार विभागमा ३९ जना सदस्य मनोनीत भएका थिए।












