मच्छेगाउँका उदयीमान कराँते खेलाडी स्वनिम नेपाल पुलिस क्लबमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँस्थित नरहरिपुर कराँते डाेजाेका प्रशिक्षार्थी  स्वनिम मानन्धर नेपाल पुलिस क्लबमा आबद्ध भएका छन्।

२१ वर्षीय मानन्धर यसअघि सशस्त्र प्रहरीको बलको एपीएफ क्लबबाट प्रतिस्पर्धा गर्दथे ।

उनी एसियन ओलम्पिक परिषदले सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको होङझोउ शहरमा आयोजना हुने १९औं एसियाली खेलकुदको कराँते खेलका लागि छनोट भएका छन् ।

नेपाल पुलिस क्लबसँग आबद्ध भएपछि थानकोट टाईम्ससँग संक्षिप्त प्रतिक्रिया दिँदै स्वनिमले अबका दिनपनि खेलप्रति सक्दो योगदान दिई राष्ट्रको शीर उचो बनाइ राख्ने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *