फिफा महिला विकपको नवौं संस्करण आजबाट सुरु हुँदैछ । प्रतियोगिता अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रूपमा आयोजना गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन खेल न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ जहाँ समूह ए मा रहेका आयोजक न्युजिल्याण्ड र नर्वे भिड्नेछन्।
सो खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ।
यस्तै पहिलो दिन नै समूह बी मा रहेको अर्को आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्नेछन्।
सो खेल स्टेडियम अष्ट्रेलियामा हुनेछ, यो खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
३२ टोली सहभागी भएको प्रतियोगिताको फाइनल खेल २० अगस्टमा हुनेछ ।













