संघीय सांसद साेविता गाैतमलाई ‘द वर्ल्ड वान योङ पोलिटिसियन अफ दि एयर अवार्ड’
थानकोट ।
सांसद सोविता गौतमले ‘द वर्ल्ड वान योङ पोलिटिसियन अफ दि एयर अवार्ड’ जितेकी छन् । आफ्नो पदको उपयोगमार्फत समुदाय र युवा पुस्तामा सकारात्मक प्रभाव पार्न सफल १८ देखि ३५ वर्षभित्रका ५ नेतालाई यो अवार्ड दिने गरिएको छ ।
मंसिर २०७९ काे चुनावमा २७ वर्षीया साेविता राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा विजयी भएकी थिइन् ।
१५ हजार २ सय २९ मत ल्याएर जित हात पारेकी उनले एमालेका मणिराम फुयाल र पूर्वसभामुखसमेत रहेकी माओवादी केन्द्रकी ओनसरी घर्ती मगरलाई पराजित गरिदिएकी थिइन् ।
उनी प्रतिनिधिसभामा कनिष्ठ मध्येकी एक सदस्य हुन् ।
साेवितासँग अधिवक्ता, पत्रकारिता र सामाजिक संघसंस्थामा रहेर काम गरेको अनुभव छ ।












