चन्द्रागिरिमा न्यूनतम मालपोत मूल्याङ्कन, वाडभञ्ज्याङको जग्गा आनाको ६० हजार

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८०-८१ का लागि न्यूनतम मालपोत मूल्याङ्कन स्थानीय राजपत्रमा प्रकाशित गरेको छ। गते असार ३१ प्रकाशित भएको भनिएको सो राजपत्रमा नगरका सबै १५ वटै वडाका जग्गाहरू विभिन्न वर्गमा वर्गीकरण गरी न्यूनतम मालपोत मूल्याङ्कन निर्धारण गरिएको हो ।
चन्द्रागिरि नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८०का अनुसार त्रिभूवन राजपथले छोएका जग्गाको न्युनतम मालपोत मूल्याङ्कन प्रति आना १८ लाख १५ हजार तोकिएको छ । यस्तै बाटोले नछोएको साबिक वाडभन्ज्याङ्ग गाविसको जग्गाको न्यूनतम मालपोत मूल्याङ्कन आनाको ६० हजार तोकिएको छ ।

स्थानीय राजपत्रमा रजिष्ट्रेशन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनको लागि न्यूनतम मुल्य निर्धारण भएको सो न्यूनतम मालपोत मुल्यांकन यहि साउन १ गतबाट लागु भएको बताइएको छ ।

यस्तो छ चन्द्रागिरि नगरले स्थानीय राजपत्रमा प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०-८१ का लागि न्यूनतम मालपोत मूल्याङ्कनः

तस्बिरः प्रकाश गोपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *