प्रधानमन्त्री वालेन्द्र शाहलाई गृह मन्त्रालयकाे समेत जिम्मेवारी

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयसमेत प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हाल्ने गरी जिम्मेवारी ताेकेका छन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै साे जानकारी दिएकाे हाे ।

गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाहले नै सम्हाल्ने भएका हुन् ।

‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्री वालेन्द्र शाहज्यूको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का गृहमन्त्री सुधन गुरुङले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएको हुँदा निजले सम्हाली आउनुभएको मन्त्रालयको कार्यभारसमेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोक्नुभयो,’ विज्ञप्तिमा भनिएकाे छ ।

गृहमन्त्री गुरुङले आज प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *