मत्स्यनारायणको दर्शन गर्न बिहान २ बजेबाट नै लाम, बाहिरबाटै मन्दिर दर्शन गर्नेको संख्या अधिक

Thankot Times

थानकोट ।

पुरुषोत्तम मास मेलाका अवसरमा चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा श्रद्धालुहरूको भीड दिनहुँ बढिरहेको छ ।

श्रावण २ गतेबाट सुरु भएको पुरुषोत्तम महिना श्रावण ३१ गतेसम्म जारी रहनेछ ।

पुरुषोत्तममास मेला व्यवस्थापन समितिका संयोजक एवं चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँका वडाध्यक्ष अच्युत अधिकारीका अनुसार शनिबार सबेरैबाट श्रद्धालुहरूको भीड लागेको छ ।

मत्स्यनारायणमा मेला भर्न आइपुगेका श्रद्धालुहरूको सहजताका लागि स्वास्थ्य शिविर नै खडा गरिएको छ । मेला व्यवस्थापनमा स्थानीय स्वयंसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट लगायतले पनि सहायता पुर्याइरहेको पुरुषोत्तममास मेला व्यवस्थापन समितिले जनाएको छ ।

मेला अवधिभर सो क्षेत्रमा लाग्ने बजार व्यवस्थापनमा कडा रूपमा प्रस्तुत भएको पुरुषोत्तममास मेला व्यवस्थापन समितिले हरेक पसलमा अनिवार्य रूपमा मूल्यसूची राख्न निर्देशन दिएको छ भने सार्वजनिक सूचना जारी गरेरै विभिन्न कुराहरू बर्जित गरेको छ ।

तीन वर्षअघि कोरोना भाइरस महामारीका कारण यहाँ मेला लागेको थिएन् । यसपटक करिब २० लाख भक्तजनले मत्स्यनारायण मेला भर्ने अपेक्षा गरिएको पुरूषोत्तममास मेला व्यवस्थापन समितिले जनाएको छ।

पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मत्स्यनारायणमा स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ।

भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक ग्रन्थ उल्लेख गरिएको छ । मत्स्यनारायणका रूपमा भगवान विष्णुले पहिलो अवतार लिएको स्थानको रुपमा अधिकमासको समयमा मन्दिरमा पूजा आराधना गर्न मिल्ने धार्मिक विश्वास छ । मलमास अवधिमा अन्य मन्दिरहरूमा पूजापाठ नचल्ने बताइन्छ ।

तस्बिरः धर्मेन्द्र महर्जन

सुरू भयो महिना दिन लामो मत्स्यनारायण मेला, मालपुवा दान गरेमा भगवान नारायण खुसी हुने विश्वास


Leave a Reply

Your email address will not be published. Required fields are marked *