प्रधानमन्त्री दाहाल इटाली प्रस्थान, पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि इटली गएपछि प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने भएका छन्।

शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटली भ्रमणमा गएका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मीका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्ड इटली भ्रमणमा गएकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य रक्षामन्त्री खड्काले सम्हाल्ने छन्।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटली गएका हुन्।

कतार एयरलाइन्सको उडानमार्फत् इटली प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची छ।

भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी छन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ‘प्रचण्ड’को इटली भ्रमण स्वीकृत गरेको थियो।

उनी चार दिनपछि नेपाल फर्कने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *