साफ यू-१६ र यू-१९ को ड्र सार्वजनिक, नेपाल दुवै प्रतियोगिताको समुह ए मा

Thankot Times

थानकोट ।

साफ यू–१६ च्याम्पिनसिप र साफ यू–१९ २०२३ को ड्र सार्वजनिक भएको छ ।

शनिबार बंगलादेशको ढाकास्थित बीएफएफ हाउसमा प्रतियोगिताको ड्र सम्पन्न भएको हो ।

साफ यू-१६ मा नेपाल समूह ए मा भारत र बंगलादेशसँगै रहेको छ । समूह बी मा भुटान, माल्दिभ्स र पाकिस्तान छन् । प्रतियोगिता भुटानको राजधानी थिम्पुमा सेप्टेम्बर १ देखि १० सम्म आयोजना हुनेछ ।

साफ यू-१९ मा पनि नेपाल समूह ए मा नै रहेको छ । यो समूहमा माल्दिभ्स र पाकिस्तान छन् । समूह बी मा भारत, भुटान र बंगलादेश छ । यो प्रतियोगिता काठमाडौँमा सेप्टेम्बर २१ देखि ३० सम्म आयोजना हुनेछ ।

सन् २०२२ मा आयोजना भएका यू-२० र यू-१७ प्रतियोगितामा भारत विजयी भएको थियो ।

यू-२० प्रतियोगितामा भारतले बंगलादेशलाई हराएको थियो भने यू-१७ प्रतियोगितामा नेपाललाई हराउँदै भारतले नै उपाधि चुमेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *