एसीसी इमर्जिङ कप क्रिकेटः उपाधिको लागि भारत र पाकिस्तान खेल्दै
थानकोट ।
एसीसी इमर्जिङ कप क्रिकेटको उपाधिको लागि आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको फाइनल पुगेका भारत ‘ए’ र पाकिस्तान ‘ए’ नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल श्रीलङ्काको कोलम्बोमा हुनेछ ।
भारत र पाकिस्तानको फाइनल प्रतिस्पर्धालाई रोचक ढंगले हेरिएको छ ।













