सामाखुसीको भेलमा बेपत्ता साजन अझै भेटिएनन्, खोजी जारी

Thankot Times

थानकोट ।

काठमाडौंको सामाखुसीमा भेलमा बगेर बेपत्ता भएका एक बालकको खोजी कार्य जारी छ ।

आइतबार अपराह्न वर्षापछिको भेलमा बगेर १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए ।

उनको सोमबार बिहानैबाट प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोली सहित सशस्त्र प्रहरीको प्राविधिक टोलीले खोजी जारी राखेपनि फेला पार्न नसकिएको प्ररीले जनाएको छ ।

सामाखुसीबाट रानीबारीतर्फको बाटोको ढलमा उर्लिएको भेलमा परेर मगर बालक बेपत्ता भएको सो वृत्तले जनाएको छ ।

प्रहरीका अनुसार उनी काठमाडौंकै पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा-६ का विद्यार्थी हुन् ।

घरमा खाजा खाएर फुटसल खेल्न जाने क्रममा उनलाई भेलले बगाएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *