नेकपा एमालेले तोक्यो प्रदेशहरुको अधिवेशनको मिति, बागमतीको अधिवेशन असोज ८ र ९ मा

Thankot Times

थानकोट ।

नेकपा एमालेले प्रदेशहरुको अधिवेशनको मिति तय गरेको छ ।

जसअनुसार कोशी प्रदेशको अधिवेशन असोज १२-१३ मा, मधेश प्रदेशको अधिवेशन असोज ५-६ मा, बागमती प्रदेशको अधिवेशन असोज ८-९ मा हुने भएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले भदौभित्रै अधिवेशन गर्ने निर्णय गरेको छ ।

अहिले कायम रहेको प्रदेश संगठन कमिटीले प्रथम अधिवेशनको मिति तोकेको हो ।

अधिवेशनमा एक सय संगठित सदस्य बराबर एक प्रतिनिधि हुनेछ ।

प्रतिनिधि मध्ये ३३ प्रतिशत महिला अनिवार्य गर्ने, उत्पीडित समुदाय र मजदुरलाई कोटामा प्रतिनिधि ल्याउने तयारी छ ।

प्रतिनिधि प्रक्रियाको चयन १५ साउनमा एमाले संगठन विभागले अभिलेखीकरण गर्ने सदस्यताको आधारमा हुने बताइएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *