साउन १५ गतेसम्म संसद् स्थगित

Thankot Times

थानकोट ।

संघीय संसद्को बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ ।

बिहीबारको बैठकमा नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको हो ।

सुन तस्करी काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको भन्दै एमालेले उनको राजीनामा मागेको छ ।

साथै, एमालेले उच्चस्तरीय संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *