रास्वपाले भदाै महिनाभित्र सातै प्रदेशमा प्रशिक्षण सक्ने

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले २ महिनाभित्र प्रदेशको प्रशिक्षण सम्पन्न गर्ने भएको छ।

रास्वपाले साउन र भदौलाई कार्यकर्ता प्रशिक्षणको महिना बनाएको हो ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको प्रशिक्षण साउनमा गरिने भएको छ ।

बाँकी तिन प्रदेशमा भदौमा गरिने भएको छ ।

रास्वपाले कोशी र लुम्बिनीको प्रशिक्षण सकिसकेको छ ।

गण्डकी प्रदेशको प्रशिक्षण साउन २६ र २७ पोखरामा हुने तय भएको छ भने सुदूरपश्चिमको प्रशिक्षण धनगढीमा साउन १९ र २० का लागि तोकिएको छ ।

शुक्रबार र शनिबार ( साउन १२ र १३) हेटौडामा गर्ने भनिएको प्रशिक्षणको मिति स्थगित गरिएको छ । बागमती सहित मधेस र कर्णालीको प्रशिक्षण भदौमा गरिने गरि पुन मिति तय हुने प्रशिक्षण विभागका सचिव कमल सुवेदीले जानकारी दिए ।

पहिले निर्धारित समय अनुसार भदौ १ र २ मधेस र  भदौ ८ र ९ कर्णालीको प्रशिक्षण गर्ने तय भएको थियो ।

तिन प्रदेशको प्रशिक्षण भदौमा गर्ने गरि अर्को मिति सार्वजनिक गरिने सुवेदीले जानकारी दिए ।

प्रशिक्षणमा सहभागी हुनेहरुमा प्रदेश कमिटीका सदस्य, निर्वाचन क्षेत्र समिति, पालिकाका पार्टी अध्यक्ष, सम्बन्धित क्षेत्रको सांसद, केन्द्रीय सदस्य लगायत सहभागी हुनेछन् ।

प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमा सभापति रवि लामिछाने सहित शीर्ष नेताले प्रशिक्षण दिनेछन् । प्रशिक्षकको टोलीमा ११ जना रहेको प्रशिक्षण विभागका सचिव सुवेदीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *