१९औँ एसियाली खेलकुदको लागि पुरुष क्रिकेट टोलीको घोषणा

Thankot Times

थानकोट ।

चीनमा हुने १९औंँ एसियाली खेलकुदको लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय खेलकुद परिषद् राखेपलाई १५ सदस्यीय टोलीकाे नाम पठाएको हो ।

बलर अविनाश बोहरा, विकेटकिपर विनोद भण्डारी र अलराउन्डर विवेक यादव लामो समयपछि राष्ट्रिय टोलीमा अटाएका छन् । आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने टिममा परेका छैनन् ।

नेपाली टोलीमा कप्तान रोहित कुमार पौडेलसहित, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, विवेककुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *