गृह मन्त्रालयको प्रवक्तामा नारायण प्रसाद भट्टराई

Thankot Times

थानकोट ।

गृह मन्त्रालयको प्रवक्ता नारायण प्रसाद भट्टराईलाई तोकिएको छ ।

यसअघिका गृह प्रवक्ता सहसचिव जितेन्द्र बस्नेत काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।

यातायात व्यवस्था विभागको महानिर्देशकबाट गृह मन्त्रालयमा सरुवा भएका भट्टराईलाई शान्ति सुरक्षा तथा समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ ।

भट्टराईलाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रवक्ता भट्टराईले यसअघि अध्यागमन विभागको महानिर्देशक भएर पनि काम गरेका थिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *