बालेनलाई राप्रपाको पत्र- ‘२१ दिनभित्र घर खाली गर्छौं’
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २१ दिनभित्र केन्द्रीय कार्यालय रहेको घर खाली गर्ने भएको छ ।
सोमबार काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहलाई पत्र लेखेर राप्रपाले २१ दिनभित्र घर खाली गर्ने जानकारी गराएको हो ।
“महानगरपालिकाको सूचनाबमोजिम घर खाली गर्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २१ दिनभित्र घर खाली गरी महानगरपालिकालाई जानकारी गराउने बेहोरा निर्देशानुसार अनुरोध गर्दछु,” राप्रपाका मुख्य सचिव केदारबहादुर अधिकारीले लेखेको पत्रमा भनिएको छ ।
सो पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय काठमाडाैंलाई समेत दिइएको छ ।













