मध्यरातमा गल्छी गणेश पुलमा भयानक सवारी दुर्घटना, ३ घण्टासम्म सडक अवरूद्ध

Thankot Times

थानकोट ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाको धार्केमा मंगलबार राति ११ बजे ३ वटा ट्रकहरु एक आपसमा ठोक्किएका छन् ।

सो क्रममा तीन वटै ट्रकका चालकहरू घाइते भएको बताइएको छ ।

दुर्घटनामा २ वटा नेपाली नम्बर प्लेट र एउटा भारतीय नम्बर प्लेटको ट्रक ठोक्किएको स्थानीय बताएका छन् ।

धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिका बीचमा पर्ने गणेशपुलमा एउटा ट्रकको ब्रेक फेल हुँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि अवरूद्ध सडक बुधबार बिहान २ बजेबाट सुचारू भएको थियो ।

तस्बिरः नवराज अधिकारी


Leave a Reply

Your email address will not be published. Required fields are marked *