सांसद् निर्वाचित भएको १०० दिन पुगेको अवसरमा रवी लामिछानेले चितवन-२ मा सुरु गरे निःशुल्क ब्लु बस सेवा
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन- २ मा महिलाका लागि निःशुल्क बस सेवा सुरु गरेका छन् ।
आफू उपनिर्वाचनमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको १०० दिन पुगेको अवसरमा लामिछानेले यो बस सेवा सुरु गरेका हुन् ।
निलो रंगका बसहरूले दिने सेवालाई ‘ब्लू बस सेवा’ भनिएको छ ।
लामिछानेले आज आफैँ यात्रा गरेर सो बस सेवाको उद्घाटन गरेका छन् ।
सार्वजनिक बसहरूलाई भाडामा लिएर यो सेवा सुरु गरिएको हो । यी बसहरू भरतपुर महानगरका विभिन्न रुटहरूम चल्नेछन् । यो सेवा प्रयोग गर्ने महिलाले सेवा कार्ड लिनुपर्नेछ ।
पहिलोपटक ५ सय महिलाले यो कार्ड लिएका छन् । बसमा कार्ड रिडिङ मेसिन जोडिएको छ । यो कार्ड रास्वपाले वितरण गरेको हो, जसमा लामिछानेको तस्वीर राखिएको छ । रास्वपाले भाडामा बसहरूले लिएर निःशुल्क सेवा दिएपछि सो भाडा कसरी भुक्तान गर्छ त्यो भने खुलाइएको छैन् ।












