सबह नेपालको अवलोकनमा चन्द्रागिरि नगरका जनप्रतिनिधिहरू सहितको टोली
थानकोट ।
चन्द्रागिरि नगरका जनप्रतिनिधिहरू सहितको टोलीले बुधबार नेपालका करिब ४ हजार महिला आबद्ध भएको संजाल सार्क बिजनेश एशोसिएशन अफ होम बेस्ड वर्कर्स (सबह) नेपालको अवलोकन गरेका छन् ।
गृहिणीहरुको सीपलाई व्यवसायीकरण गरी विभिन्न सामान उत्पादनमा सबह नेपालले सहजीकरण गरिरहेको छ ।
ललितपुरको कुसुन्तीस्थित सबहको स्थलगत अवलोकनमा पुगेको चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी लगायतको टोलीले सबहका उत्पदान कारखानाको समेत निरीक्षण गरेको थियो सो क्रममा नगरका विभिन्न शाखाका कर्मचारीहरूसमेत सहभागी भएका थिए ।
सो क्रममा सबह नेपालका प्रतिनिधिहरूले संस्थाले महिलाहरूको सीपलाई व्यवसायीकरण गर्ने सन्दर्भमा भोगेका अनुभव तथा कठिनाइहरूको समेत जानकारी गराएका थिए ।
चन्द्रागिरि नगरमा महिलाहरूको सीपलाई व्यवसायीकरण गरी कोशेली घर स्थापना गर्ने तयारी स्वरूप सो अवलोकन भ्रमण गरिएको बताइएको छ।















