काँग्रेस पार्टीको ‘विशेष अभियान’, काठमाडाैं क्षेत्र नं. १० को प्रदेश सभा ख मा लक्ष्मी महर्जन खटिने
थानकोट ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले ‘विशेष आन्तरिक अभियान’ का लागि प्रदेश प्रतिनिधिहरू तोकेका छन् । सभापति बानियाँले अभियानलाई सफल बनाउन पदाधिकारी एवम् सदस्यहरूलाई प्रदेश प्रतिनिधि तोकेका हुन् ।
प्रदेश समितिले काठमाडौँका लागि सह-महामन्त्री हरिशरण श्रेष्ठ, ललितपुरमा सदस्य प्रभात तामाङ, भक्तपुरमा सहमहामन्त्री ऋषिराम घिमिरे, रसुवामा सदस्य निमा लामा, धादिङमा सदस्य सन्तबहादुर प्रजा र नुवाकोटमा सदस्य तिलकप्रसाद रुवालीलाई खटाएको छ ।
सभापति बानियाँले बागमती प्रदेश अन्तगर्तत प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि प्रतिनिधि खटाएका छन् । जसअनुसार काठमाडाैं क्षेत्र नं. १० को प्रदेश सभा क मा रेशम दराई तथा प्रदेश सभा ख मा लक्ष्मी महर्जन खटिने भएका छन् । यसैगरी काठमाडाैं क्षेत्र नं. ९ को प्रदेश सभा क मा अर्जुन उप्रेती र प्रदेश सभा ख मा प्रवीणा शर्मा खटिने बताइएको छ।
कुन क्षेत्रमा कसले पाए ‘विशेष आन्तरिक अभियान’ को जिम्मेवारी हेर्नुहोस्ः


















